
विराटनगर । पाँचथरको फिदिम नगरपालिका-१३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम नगरपालिका-१३ का ४२ वर्षीय हर्क राईको मृत्यु भएको हो ।
आज बिहान गाउँबाट दूध सङ्कलन गरेर डेरीतर्फ फर्कँदै गर्दा मोटरसाइकल स्थानीय सेतापानी खोल्सामा खसेको प्रहरीले जनाएको छ । पहिरोले क्षति भएर मर्मत भइनसकेको सडकबाट मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ ।

संगालोखबर 













