संगालोखबर


सुनसरी । सुनसरीको कोशी गाउँपालिका-७ बाट बेवारिसे अवस्थामा रहेको १८ बोरा गाँजा प्रहरीले बरामद गरेको छ । आज बिहानको राति करिब २ बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम लोकमार्गको सडक किनारामा प्लाष्टिकको बोरामा राखिएको अवस्थामा गाँजा बरामद गरेको हो ।

बरामद भएको गाँजाको तौल ६ सय ३७ किलो ४५ ग्राम रहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गाँजा ओसार-पसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दुई जनालाई गाँजासहित पक्राउ गरेको छ ।

सिराहाको लहान नगरपालिका-१७ की लिलादेवी रामलाई ६ किलो ८ सय ४६ ग्राम र लहान-८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम  गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!