संगालोखबर


भोजपुर । भोजपुरको टेम्केमैयुङस्थित दुर्गम क्षेत्रमा विद्युत विस्तार गरिएको छ । भौगोलिकरूपमा दुर्गम गाउँबस्तीमा केन्द्रीय विद्युत विस्तार भएसँगै स्थानीयलाई सहज भएको छ ।

गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नम्बर ४ नागीको लुङ्गिन बस्तीमा पनि विद्युत विस्तार भएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा ठूलो लगानीमा विद्युत सेवा विस्तार गरिएपछि स्थानीयलाई सहज भएको छ ।

Advertisement

विद्युत विस्तारले गाउँघरको जनजीवनमा सहजता ल्याएको टेम्केमैयुङ-४ लुङ्गिनका स्थानीय बताउँछन् । विद्युत विस्तार भएपछि यस क्षेत्रका नागरिक सूचना तथा सञ्चारको पहुँचमा जोडिएका छन् । यस्तै बालबालिकाहरूले पनि सहजरूपमा पढ्न पाएका छन् ।

यहाँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण तथा अन्य गाउँमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने हुन्छ । एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जना विद्युत्को पहुँचमा पुगेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!