
विराटनगर । झापामा खोलामा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ झाँसीमा आज बिहान खोलामा डुबेको अवस्थामा नाबालिका मृत फेला परेकी हुन् ।
मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया आइतबार दिउँसोबाट हराएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । खोजी गर्ने क्रममा आज बिहान करिब ७ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको घरनजिकै रहेको माई खोलामा डुबेर मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 













