संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ का २४ वर्षीय सुदीप चौधरी, चौदण्डीगढी-५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दनकुमार चौधरी छन् ।

उनीहरूलाई आज बिहान तीन बजे त्रियुगा-१३ फुलजोरबाट ट्याक्टरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज बिहानको राति करिब १ बजे त्रियुगा नगरपालिका-१३ बहेडवाका देवनारायण चौधरीको घर अगाडि पार्किङ गरेर राखिएको स १ त २८२३ नम्बरको चोरी भएको थियो ।

Advertisement

जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले उनीहरूले प्रयोग गर्ने बा ६३ प ५४७५ नम्बरको स्कुटर समेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!