
विराटनगर । खोटाङमा एक युवतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दिप्प्रुङ चुइचुम्मा गाउँपालिका-४ की २७ वर्षीया रेस्मिका सिवा परियारको हत्या आरोपमा छिमेकी दिपक सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
‘कर्तव्य ज्यान मुद्दामा जाहेरी परेपछि शंकास्पद एक जनालाई पक्राउ गरेका छौँ’, खोटाङका प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीले संगालोखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ । पोष्टमार्टम रिपोर्ट आएपछि बाँकी कुरा खुल्छ ।’
रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढीखोलामा दाहसंस्कार गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बुढाथोकीले जानकारी दिए ।

संगालोखबर 













