
धनकुटा । धनकुटामा निषेधाज्ञा खुकुलो बनाइएसँगै जनजीवन सामान्य बन्दै गएको गएको छ । दिउँसो जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइएसँगै आज बजारमा चहलपहल बढेको छ ।
जिल्ला प्रशानन कार्यालयले दिउँसो निषेधाज्ञा र राती कर्फ्यु आदेश जारी गरेको छ । धनकुटामा आज राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी छ ।
निषेधाज्ञा खुकुलो बनाइएसँगै गाउँदेखि आवश्यक सामान किनमेल गर्न मानिसहरू बजार आउन थालेका छन् । धनकुटाबाट तेह्रथुम, भोजपुर, संखुवासभा र धरानसम्म छिटफुट सवारी–साधन चल्न थालेका छन् ।
दैनिक जनजीवनलाई मध्यनजर गर्दै निषेधाज्ञा केही खुकुलो परिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । परिस्थितिलाई हेरेर क्रमशः निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिने उनले बताए ।
प्रशाननले माइकिङ मार्फत भेला, जुलुस, प्रदर्शन तथा छलफल गर्न नपाउने सूचना संप्रेषण गरिरहेको छ । रातिको समयमा नेपाली सेनाले कर्फ्यु कडा पार्दै आएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













