
धनकुटा । धनकुटामा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बेलुका ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
धनकुटाको उत्तरमा कागते, पूर्व खनिया बास, पश्चिम आद्यौगिक ग्राम र दक्षिणमा चुलिबन क्षेत्रमा कफ्र्यू जारी गरिएको छ ।
सो अवधिमा अत्यावयक सेवाका सवारी साधनहरू, सञ्चारकर्मी, मानवअधिकार तथा कुटनीतिक आयोगका सवारी साधन मात्रै चल्न पाउने जनाइएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













