
काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले भोलि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । भोलि बिहान ११ बजे माइतीघर मण्डलामा जेनजी पुस्ताले प्रदर्शन गर्न लागका हुन् ।
यस सम्बन्धी जेनजी पुस्ताले सामाजिक सञ्जाल टिकटकमा ट्रेन्ड नै चलाएका छन् । प्रर्दशनमा विद्यार्थीको पोशाक, परिचय पत्र, एउटा किताब र एफोर साइजको खाली कागजसहित उपस्थित हुन आग्रह गरिएको छ ।
टिकटकमा नेताहरू र उनीहरूका छोराछोरीको जीवनशैलीलाई लिएर पनि जेनजी पुस्ताले आलोचना गरेका छन् । सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका युवा जेनजी पुस्तामा पर्दछन् ।

संगालोखबर 













