संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङको काबेली नदीले एक्साभेटर र टिपर बगाएको छ । गएराति परेको अविरल वर्षासँगै पानीको बहाव बढेपछि सिनाम पावर हाउसमा रहेका दुई वटा एक्साभेटर र दुई वटा टिपर बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार काबेली नदीले नम्बर नखुलेका दुईवटा एस्काभेटर र दुईवटा टिपर बगाएको छ । सिरिजङ्गा गाउँपालिका-१ स्थित उक्त पावरहाउसबाट बगाएका दुई वटा एक्साभेटर भने करिब २० मिटर तल डुबेको अवस्थामा छन् भने दुई वटा टिपर भेटिएका छैनन् ।

Advertisement

बाँकी टिपरको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

वर्षाकै कारण माथिबाट पहिरो झरेपछि सिरिजङ्गा गाउँपालिका-५ पेदाङस्थित हाङमाया थुङ्गीमको परिवार पूर्णरूपमा विस्थापित भएको छ भने अन्य पाँच घर जोखिममा परेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!