संगालोखबर
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका-५ का ३० वर्षीय सन्तोष राईको करेन्ट लागेर मृत्यु भएको हो ।

तक्मेवा खोलामा पुल निर्माणको क्रममा करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र तापेथोक लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement

सो स्थानमा पाथीभरा सर्भिस सेन्टरले पुल निर्माणको जिम्मेवारी लिएर काम गरिरहेको थियो । तापेथोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!