सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजार पर्यटकीय स्थलको रूपमा परिचित छ । पछिल्लो समय यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ ।

समुन्दी सतहबाट २ हजार ७ सय मिटरको उचाइमा रहेको यस स्थानबाट विभिन्न हिमालहरूको अवलोकन समेत गर्न सकिन्छ । सिधुवा बजारदेखि माथि रहेको पटेक डाँडालाई प्रवर्द्धन गर्नका लागि विभिन्न पूर्वाधारहरू निर्माण भइरहेका छन् ।

Advertisement

सिधुवा बजार पदमार्गको माध्यमबाट पनि पुग्न सकिन्छ । यो क्षेत्र पर्यटकीय गन्तव्य मात्र नभएर कृषिजन्य वस्तु उत्पादनको उर्वर भूमिको रूपमा पनि परिचित छ । यहाँको मौसम सँधै चिसो रहने तथा छिनछिनमा परिवर्तन भइरहने हुँदा जो-कोहीको पनि मन लोभिन्छ ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!