सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । संखुवासभको धर्मदेवी नगरपालिका-३ स्थित मुडे शनिश्चरेमा बहुआयामिक धर्मदेवी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र निर्माण गरिएको छ । जापान सरकार र नगरपालिकाको संयुक्त साझेदारीमा बहुआयामिक पुस्तकालय निर्माण गरिएको हो ।

Advertisement

भदै १५ गते पुस्तकालय दिवसको अवसरमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्‌घाटन गर्ने कार्यक्रम छ । जापान सरकारको करिब ३ करोड ३३ लाख २८ हजार ४ सय र नगरपालिकाको ५० लाख लागतमा पुस्तकालय निर्माण गरिएको रिड नेपालका उपनिर्देशक चिन श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो पुस्तकालय, हाम्रो भविष्य’ भन्ने नारासहित निर्माण गरिएको बहुआयामिक पुस्तकालय शिक्षा, प्राविधिक तथा व्यवसायिक सीप, सशक्तीकरण र सामुदायिक ऐतिहासिक उपलब्धि हुने बताइएको छ ।

यस्तै पुस्तकालयमा बच्चादेखि ज्येष्ठ नागरिकहरूले ज्ञान पाउने र जीवनोपयोगी सीप सिक्न सक्ने अपेक्षा गरिएको छ । हलसहित बनेको नौ कोठे भवनमा पुस्तकालय कक्ष, बालबालिका कक्ष, महिला कक्ष, सूचना प्रविधि कक्ष, युवा कक्ष, सूचना तथा विपद् जोखिम न्यूनिकरण कक्ष छन् । यस्तै दीर्घकालीन दिगोपनका लागि पुस्तकालयमा पाँचवटा पसलहरू तथा तालिम/सम्मेलन हल निर्माण गरिएको छ ।

पुस्तकालयसँगै व्यवहारिक ज्ञान सेवा, युवायुवती सशक्तीकरण, प्राविधिक व्यवसायिक सीप, कम्प्युटर तालिम, महिलाहरूका लागि साक्षरोत्तर तथा नेतृत्व विकास कार्यक्रम पनि समावेश गरिएको छ ।

अगामी दिनमा स्थानीय स्तरमा रहेका बौद्धिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा रहेका विभिन्न पुस्तकहरू केन्द्रमा राखिने जनाइएको छ । पुस्तकालयलाई दिगोरूपमा संचालनका लागि कृषि प्राविधिक तालिम, मेकानिकल तालिम, तरकारी प्रशोधन लगायतका तालिमा निःशुल्क दिइने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!