संगालोखबर


काठमाडौं । नेपालले रुबेला निवारणको प्रमाणपत्र प्राप्त गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा रुबेला निवारणको प्रमाणपत्र उपलब्ध गराइएको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

Advertisement

डब्लुएचओले यही भदौ २ गते नेपालमा रुबेला निवारण भएको घोषणा गरेको थियो । कार्यक्रममा मन्त्री पौडेलले यो उपलब्धिलाई दिगो राख्नुपर्ने बताए । उनले नेपालका बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्न अन्य खोप रोकथामयोग्य रोगहरू उन्मूलनतर्फ काम गर्न निरन्तर प्रयासका लागि आह्वान गरे ।

नेपालका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले यो नेपालका लागि गर्वको क्षणसँगै क्षेत्रीय तथा विश्वव्यापी स्वास्थ्यमा एक महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!