संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । इलाम नगरपालिका-७ बसपार्कको गजुरमुखी होटलमा एक पुरुष मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ-३ गोपेटारका ३४ वर्षीय डुप्छेन शेर्पा आज बिहान मृत फेला परेका हुन् ।

‘होटलको १०७ नम्बर कोठामा शेर्पा मृत फेला परेको हुन्’, जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी संजिव बोगटीले संगालोखबरसँग भने, ‘१५ दिन अगाडिदेखि होटलमा आएर बसेको देखिन्छ । अनुसन्धान हुँदैछ ।’

Advertisement

घटनास्थलमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि लैजाने तयारी गरिरहेको छ । मृतकका आफन्तहरूलाई पनि खबर गरिएको उनीहरू आउने क्रममा रहेका बोगटीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!