संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापामा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी महिलाको मृत्यु भएको छ । शरीरमा आगो लगाउने दमक नगरपालिका-१ भानु चोककी ३० वर्षीया शोभा साहको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोमबार दिउँसो घरमा एक्लै भएका बेला उनले पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी थिइन् ।

Advertisement

जलेर घाइते भएकी उनलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । तर त्यहाँ उपचार सम्भव नहुने भएपछि पुनः बिर्तामोडको बीएण्सी अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमानसँग वादविवाद हुँदा उनले शरीरमा आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!