संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापाको दमक नगरपालिका-७ पशुडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । दुर्घटनामा पुरुष घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार कमल गाउँपालिका-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक ४३ वर्षीय शुकदेव गौतम घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरू पति-पत्नी हुन् ।

Advertisement

आज बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र १-०२-००२ ख ०९१२० नम्बरको ट्रकले ले विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते भएका शुकदेवको  बायाँ खुट्टामा चोट लागेको र अहिले दमक अस्पतालमा उपचार भइरहेको झापा प्रहरीले जनाएको छ ।

ट्रक चालक तेह्रथुमको लालीगुँरास नगरपालिका-४ का २५ वर्षीय आङदावा शेर्पालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले संगालोखबरलाई जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!