
इलाम । इलामको रोङ गाउँपालिका-४ मानाबुङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो पहिरोमा पुरिएर सोही स्थानका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कान कम सुन्ने र अविवाहित रहेका राई दिउँसो करिब १२ः३० बजे घरबाट पैदल हिँड्दै पश्चिमतर्फ जाँदै गर्दा पहिरोले पुरेको हो ।
घरबाट करिब ३ सय मिटर टाढा पुगेका वृद्धलाई नजिकैको खोल्साबाट लेदो र ढुंगामाटोसहितको पहिरोले पुरेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिँदा वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

संगालोखबर 













