संगालोखबर


विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक कैदी फरार भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री मंगलबार राति भागेका हुन् ।

कारागार प्रशासनका अनुसार उनी जबरजस्ती करणी मुद्दाका कैदी हुन् । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो ।

Advertisement

जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । कारागारका जेलर सुवासकुमार लामिछानेका अनुसार उनलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो ।

‘बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका खत्री मंगलबार राति फरार भएका हुन्’, लामिछानेले संगालोखबरसँग भने, ‘हामीले सबै निकायलाई जानकारी गराइसकेका छौँ । खोजी कार्य जारी छ ।’

घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वको टोलीले कारागारको स्थलगत निरीक्षण गरेको छ । यस्तै सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!