
पर्सा । पर्साको ठोरी गाउँपालिका-२ हनुमान नगरमा रहेको डेढु खोलामा डुबेर दाजु-भाइको मृत्यु भएको छ । मनोज कठायतका छोराहरू ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायतको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नाबालकहरू विद्यालय जानुअघि मंगलबार बिहान करिब १ सय ५० मिटर टाढाको डेढु खोलामा नुहाउन गएका थिए । नुहाउनलाई डोजरले खनेको खाल्डोमा जमेको पानीमा पसेका उनीहरूको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुबै बालक पानीमा तैरिरहेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । उनीहरूलाई तत्कालै उद्धार गरेर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
शवलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













