
सप्तरी । सप्तरीमा बसको ठक्करबाट साइकलमा सवार वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्नीसाईर कृष्णसवरन गाउँपालिका-२ का ६८ वर्षीय बुदुर चौधरी छन् ।
आज बिहान करिब ६ः१५ बजे बाग्लुङबाट झापा जाँदै गरेको ना प्र १-०१-००१ ख ४५६० यात्रुवाहक बसले ठक्कर दिँदा वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक झापा मेचीनगर नगरपालिका-८ का ४२ वर्षीय योगेन्द्र विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 













