संगालोखबर


विराटनगर । उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी भएका छन् । बुधबार राति त्रियुगा नगरपालिका-७ नमुना चोकका जितेन्द्र राईको घरमा जन्मदिनको भोज खाँदा उनीहरू बिरामी भएका हुन् ।

छरछिमेकलाई बोलाएर जन्मदिन मनाउने क्रममा विभिन्न परिकारहरू बनाइएको थियो । प्रहरीका अनुसार उनीहरूले रोटी, अचार, पुरी, बुनियाँ, पुवा आदि खाएका थिए ।

Advertisement

उदयपुर प्रहरीका प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार उनीहरूलाई झाडापखाला र बान्ता हुने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

जिल्ला अस्पतालमा भर्ना गरिएमध्ये २६ जना डिस्चार्ज भइसकेका डीएसपी दोङले संगालोखबरलाई जानकारी दिए । बिरामी हुनेमा तीन पुरुष, ११ महिला, पाँच बालक र आठ जना बालिका थिए ।

एक जना बालकको भने उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!