संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापामा मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका जोरघरे की ५४ वर्षीया चन्द्रमाया नेम्वाङ छिन् ।

उनको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार उनी घरदेखि १० मिटर पूर्व उत्तरमा रहेको खेतमा सिँचाइ गर्दै थिइन् ।

Advertisement

सोही बेला करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!