
उदयपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले उदयपुरका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सेवा र विकासका लागि युवाको समन्वयमा दुई विद्यालयका एक सय १० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
त्रियुगा नगरपालिका-१० को बालमन्दिर माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका-११ को त्रियुगा माध्यमिक विद्यालय गाईघाटका विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको छ ।
शैक्षिक सामग्रीमा झोला, कापी, जमेट्री बक्स र विद्यालयलाई नेपाली शब्दकोश र प्राज्ञिक बोलचाल पुस्तक हस्तान्तरण गरिएको राष्ट्रिय सचिव मुना विष्टले जानकारी दिइन् ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, परिषद्का कोशी प्रदेश सचिव नरेश प्रसाद ताजपुरिया, कोशी प्रदेश सदस्य जीवश प्रसाद साहलगायतको उपस्थिति रहेको थियो ।

संगालोखबर 













