
उदयपुर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान भएको दुर्घटनामा चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट आएको ट्रक इटहरीतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।

संगालोखबर 













