संगालोखबर
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा हटिया गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका-३ बास्पानीकी ६२ वर्षीया कौशिला राईको बप्लेभीरबाट लडेर मृत्यु भएको हो ।

उनी बुधबार बाक्सिलास्थित बुधबारे हटिया गएकी थिइन् । घर नफर्किएपछि खोजतलासको क्रममा राति करिब १ बजे भीरबाट करिब सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!