संगालोखबर


धनुषा । धनुषामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ कटैयाचौरी भन्ने स्थान नजिक घटना भएको हो ।

प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो ।

Advertisement

अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् । धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!