संगालोखबर


पाँचथर ।  पाँचथरको हेवा खोलामा ५ दिनपछि डाइभर्सन सञ्चालनमा आएको छ । गत शनिबार राति आएको बाढीले क्षति पुर्याएको डाइभर्सन बिहीबार साँझबाट सञ्चालनमा आएको हो ।

मेची राजमार्ग अन्तर्गतको हेवा खोला डाइभर्सन मर्मत गरेसँगै यातायात र ढुवानीका साधन वारपार हुन थालेका छन् । सडक डिभिजन इलामले खोलामा पानीको मात्रा घटेसँगै डाइभर्सन मर्मत गरी सडक खुलाएको हो ।

Advertisement

डाइभर्सनबाट दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र सबैखाले हलुका सवारी साधनसँगै ढुवानीका साधन समेत वारपार गराउन थालिएको छ ।

हेवाखोलाको पक्की पुल सबैभन्दा पहिले २०८० असारमा आएको बाढीले बगाएको थियो । त्यसपछि निर्माण गरिएको बेलिब्रिज २०८१ असोजमा बगाएपछि तेस्रो पटक निर्माण हुँदै गरेको मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएको थियो ।

त्यसयता भन डाइभर्सनको भरमा यातायात सञ्चालन भइरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!