संगालोखबर

सिरहा । सिरहाको गोलबजार नगरपालिका-३ मा भाइले खुकुरी प्रहार गरेर दाइको हत्या गरेका छन् । २५ वर्षीय भाइ श्याम सदाले खुकुरी प्रहार गरेर ३५ वर्षीय दाइ मोतीराम सदाको हत्या गरेका हुन् ।

Advertisement

प्रहरीका अनुसार मोतीराम भाइ-बुहारीको झगडा छुट्याउन गएका थिए । बिहीबार राति ९ बजेतिर श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भएको थियो ।

विवाद छुट्याउन गएका दाइ मोतीराम भाइ श्यामले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा राति सवा ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्यामलाई औरही गाउँपालिकास्थित सीमा क्षेत्रबाट आज बिहान पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!