संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट उत्तरी क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका-५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको बेलिब्रिज बाढीले बगाएको छ ।

चार वर्षअघि करिब पाँच करोड रुपैयाँ लागतमा बनाइएको उक्त बेलिब्रिज आज बिहान आएको बाढीले बगाएको हो । स्थानीयका अनुसार तमोर, घुन्सा र हेल्लोक तीनवटै खोलामा ठूलो बाढी आएको छ ।

Advertisement

वडा नम्बर ६ का वडाध्यक्ष पेमाटासी शेर्पाका अनुसार आज बिहान ४ः३० बजेतिर आएको बाढीले बेलिब्रिज बगाएको हो । ‘अहिले बाढीको बहाब केही कम हुँदै गएको छ’, वडाध्यक्ष शेर्पाले संगालोखबरसँग भने, ‘बेलिब्रिजको भग्नावशेष समेत नरहनेगरी बाढीले बगायो ।’

खोला छेउमा भएको सडकमा पनि क्षति पुगेको उनको भनाइ छ । क्षतिको विवरण आउन भने बाँकी रहेको उनले जानकारी दिए ।

बेलिब्रिज बगाएपछि अब वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘दुई घण्टाजति घुमेर जानुपर्छ’, उनले थपे, ‘तर वैकल्पिक मार्गमा पनि क्षति पुगेको भन्ने कुरा छ । बाटो खुलाउनका लागि समन्वय भइरहेको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!