
खोटाङ । खोटाङमा अवस्थित विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुँइचो लाग्न थालेको छ । ‘बोलबम’ मेला सुरु भएसँगै गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनहरूको घुइँचो लाग्न थालेको हो ।
मेलाको पहिलो दिन आज १२ हजार चार ७५ जना दर्शनार्थीले मन्दिर दर्शन गरेका छन् । हलेसी विकास समितिका अनुसार जसमध्ये सबैभन्दा धेरै भारतीय दर्शनार्थी छन् । तराईबाट हलेसीसम्म आउने सडक विस्तार भएपछि बोलबम मेलामा उत्साहजनक उपस्थिति बढेको हो ।
मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ हलेसी मन्दिरको प्रमुख गुफाभित्र अवस्थित शिवलिङ्गमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएको जल चढाउने गरिन्छ ।

संगालोखबर 













