संगालोखबर
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा भ्यानले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका-७ चुहाडेकी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको हो ।

आइतबार कटारीबाट गाईघाट आउँदै गरेको बा. प्र. ०८-००१ ज ००७१ नम्बरको भ्यानले वृद्धालाई ठक्कर दिएको थियो ।

Advertisement

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यानका चालक कटारी नगरपालिका-६ का ३८ वर्षीय घमाडे सार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!