संगालोखबर

जनकपुर । मधेश प्रदेशमा खानेपानीको हाहाकार भएका स्थानमा दमकलबाट पानी वितरण गरिने भएको छ । वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको सहायताले पानी वितरण गरिने जनाइएको छ ।

Advertisement

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा दमकल आज मुख्यमन्त्री सतिश कुमार सिंहले खानेपानी संकटग्रस्त क्षेत्रमा पठाएका छन् । मुख्यमन्त्री सिंहका अनुसार खानेपानी आपूर्ति गरी जनतालाई तत्काल राहत पुर्याउने उद्देश्यले दमकल परिचालन गरिएको हो ।

खानेपानी आपूर्ति गर्न नेपाली सेना पनि खटेका छन् । दमकलहरू २४ सै घण्टा प्रभावित क्षेत्रमा परिचालित हुने र त्यसको सञ्चालन नेपाली सेनाले गर्ने जनाइएको छ ।

लामो समयदेखि पानी नपर्दा कल र बोरिङ सुक्न थालेपछी मधेशमा खानेपानीको समस्या भएको हो । यस्तै पानी नपर्दा रोपाइँमा पनि समस्या भएको छ । प्रदेश सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र पनि घोषणा गरिसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!