संगालोखबर
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार बराहपोखरी गाउँपालिका-४ की २५ वर्षीया इन्द्रा राईको मृत्यु भएको हो ।

सोमबार राति ९ बजे चार्जमा राखेको मोबाइल निकाल्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!