
विराटनगर । पाँचथरको फिदिममा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाका २१ वर्षीय विवश खड्का, २६ वर्षीय अंकित शर्मा, पाँचथरका २१ वर्षीय अनिष योङहाङ, २४ वर्षीय सञ्जय तामाङ र २३ वर्षीय उमेश तामाङ छन् ।
आइतबार बिहान ४ बजे फिदिम नगरपालिका-१ स्थित बाटिका होटलमा आफूमाथि सामूहिक करणी भएको भन्दै युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
सोही आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रूपेश तामाङले संगालोखबरलाई जानकारी दिए ।
उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 













