सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढीका भूमिहीन सुकुम्बासी पाँच परिवारलाई जग्गा धनीपूर्जा प्रदान गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले आज कार्यक्रम आयोजना गरेर धनीपूर्जा वितरण गरेको हो ।

धनीपूर्जा पाउनेमा साँगुरीगढी-३ फुवाफोकका कञ्चन माझी, सुनेत्र माझी र आइतमान माझी तथा वडा नम्बर ९ अहालेका दुर्गा बहादुर राई र वडा नम्बर ७ लेउतीका विष्णुकुमार राई छन् ।

Advertisement

कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राई, प्रदेश सभा सदस्य निरन राई, भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष देउमान राई लगायतले भूमिहीनहरूलाई धनीपूर्जा हस्तान्तरण गरेका छन् ।

सो अवसरमा पूर्वमन्त्री राईले जग्गा नभएका अरुको पनि पहिचान गरेर थप धनीपुर्जा वितरण गर्न पहल गर्ने बताउँदै धनीपुर्जा पाउनेहरूलाई जमिनको सदुपयोग गर्न आग्रह गरेका छन् ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!