संगालोखबर


झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० का ५३ वर्षीय पुष्प पोखरेल छन् ।

आइतबार राति करिब ८ बजे आफ्नै निर्माणधीन घरमा पानी लगाउनलाई मोटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीले आवश्यक अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!