
झापा । झापामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका-३ संगम चोकमा भएको दुर्घटनामा स्कुटर पछाडि सवार सोही स्थानकी ५६ वर्षीया लक्ष्मी गौतमको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भित्री पक्की सडक खण्डमा डिपुचोकबाट आम्दातर्फ आउँदै गरेको मे १ २८८४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदैगरेको मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक सोही स्थानका ४४ वर्षीया टीका गौतम सामान्य घाइते भएकी छन् ।
टिपर चालक बिर्तामोड नगरपालिका-२ का ४६ वर्षीय तोयानाथ बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













