
विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका-२ का ३२ वर्षीय अनिल राजवंशी छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार साँझ को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका राजवंशीको विराट टिचिङ अस्पताल बुढीगंगामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका-७ दिङ्लाकी १८ वर्षीया तुलसा कार्की घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













