
विराटनगर । सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-८ रणेमका मिङ्मार तामाङ छन् ।
थुलुङदुधकोशी गाउँपालिका-१ नेले र वडा नम्बर ६ को सिमानामा रहेको सिखुखोलामा आएको बाढीले बा ९४ प ३०९९ नम्बरको मोटरसाइकल बगाएको थियो ।
मंगलबार साँझ नेलेमा रहेको मोबाइल पसलबाट घर फर्किँदै गर्दा सिखुखोलामा आएको बाढीका कारण ३६ वर्षीय तामाङको मृत्यु भएको हो ।
मंगलबार साँझदेखि हराइरहेका तामाङको शव आज बिहान सडक भन्दा १ किलोमिटर तल खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

संगालोखबर 













