संगालोखबर


विराटनगर । काठमाडौं मेडिकल कलेज (केएमसी) मा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । डा. रोशन घिमिरे नेतृत्वको चिकित्सकीय टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका-५ निवासी ४० वर्षीय प्रदीप नगरकोटीमा कलेजो प्रत्यारोपण गरिएको केएमसीले जनाएको छ । उनलाई आफ्नै श्रीमती ३३ वर्षीया यशोदा कुमारी देउवाले कलेजो दान गरेकी हुन् ।

Advertisement

यसलाई नेपाली चिकित्सा क्षेत्रको लागि एक ऐतिहासिक सफलताका रूपमा लिइएको छ । जसले देशमै कलेजो प्रत्यारोपण सम्भव छ भन्ने विश्वासलाई बलियो बनाएको छ ।

जटिल र जोखिमपूर्ण मानिने कलेजो प्रत्यारोपण प्रक्रिया नेपालमै सफलतापूर्वक सम्पन्न हुनु देशको स्वास्थ्य प्रणालीको गुणस्तर र प्रविधिमा भएको प्रगतिको प्रमाण भएको केएमसीको भनाइ छ ।

काठमाडौं मेडिकल कलेज नेपाली काँग्रेसका नेता तथा सांसद डा. सुनिल शर्माको हो । डा. शर्माले  यस सफलतामा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकको  योगदानप्रति  धन्यवाद व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!