
विराटनगर । उदयपुरको त्रियुगा नदीमा बेपत्ता भएका युवक मृत भेटिएका छन् । चौदण्डीगढी-५ स्थित त्रियुगा नदीको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका चौदण्डीगढी-६ कालीखोलाका ३० वर्षीय सुरज राईको शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार सोमबारदेखि नै उनको खोजी भइरहेको थियो । प्रहरीका अनुसार उनी सोमबार साथीहरूसँग नुहाउन गएका थिए ।
सोही क्रममा उनी माछा मार्ने क्रममा बेपत्ता भएका थिए । उनको शव निकालेर पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













