संगालोखबर


विराटनगर । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै चिकित्सक संघले आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।

चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको नेपाल चिकित्सक संघले जनाएको छ ।

Advertisement

संघका महासचिव डा. सञ्जिब तिवारीले जारी गरेको विज्ञप्तिमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने र भोलि मंगलबार सम्पूर्ण चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउने उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!