संगालोखबर


विराटनगर । भोजपुरमा सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेर आफैँलाई घाइते बनाएका अन्दाजी २६ वर्षीय राजेन्द्र राईलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

प्रहरीका अनुसार घटना आज बिहानको राती करिब १ बजेतिरको हो । रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा ससुरा ६८ वर्षीय बेल बहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सालो सपन गिरीको धारिलो हतियार प्रहार गरेर उनले हत्या गरेका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय भोजपुरका निमित्त प्रमुख इन्स्पेक्टर दीपक श्रेष्ठले राईको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

‘उनको पनि पेटमा गहिरो चोट लागेको छ’, उनले संगालोखबरसँग भने, ‘थप उपचारका लागि अन्यत्र लग्ने तयारी भइरहेको छ ।’ अहिले प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!