
विराटनगर । झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-७ फक्तालुङ्गका ५९ वर्षीय लोकप्रसाद लिम्बू छन् ।
प्रहरीका अनुसार शौचालय जान घर बाहिर आँगनमा निस्किएका बेला लिम्बूलाई बिहान ३ः४५ बजेतिर हात्तीले आक्रमण गरेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













