संगालोखबर


विराटनगर । ताप्लेजुङमा पहिरोले घर पुरिँदा एक महिला गम्भीर घाइते भएकी छन् । सिदिङबा गाउँपालिका-३ आङखोपमा कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेको हो ।

पहिरोले हस्तबहादुर कटुवालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर हस्तबहादुरकी श्रीमती ५० वर्षीय ठगमाया कटुवाल गम्भीर घाइते भएकी ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

Advertisement

परिवारका अन्य सदस्यको अवस्था सामान्य रहेको उनले बताए । ‘आज बिहान ६ बजेतिर घरमाथिबाट पहिरो खसेछ’, गौतमले संगालोखबरसँग भने, ‘पहिरोले घर पुरिँदा तीन लाख बढीको क्षति भएको छ । घाइतेलाई टाउकोमा चोट लागेको छ । उहाँलाई उपचारमा लग्ने तयारी भइरहेको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!