
धनकुटा । धनकुटा नगरपालिका-१ हिले स्थित श्री नम्बर २ बाहिनी अड्डा हिले ब्यारेकमा सी.सं १२ सैन्य आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । आज बाहिनी अड्डामा एक कार्यक्रम आयोजना गरेर आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न गरिएको हो ।
महेन्द्र सैनिक शिविर हिले ब्यारेक धनकुटा नम्बर २ बाहिनी अड्डामा २०८१ भाद्रबाट सी.सं. १२ सैन्य आधारभूत तालिम सुरु भएको थियो । तालिमको समापनमा सैन्य परेड, तालिम प्रमुख प्रशिक्षकद्वारा झण्डा सलामी, कवाज निरीक्षण, सैन्य कवाज प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने सैन्य जवानहरूलाई पुरस्कृत गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नम्बर २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी दिलविक्रम सुब्बाले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुब्बाले नवनियुक्त सिपाहीहरूलाई लामो अवधिको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई अर्पण गरेका थिए । उनले सिपाहीहरूलाई देशको जिम्मेबारी काँधमा आएको बताउँदै निष्ठावान् भएर कर्म गर्न सुझाए ।

तालिममा दीक्षित २९८ जना नवनियुक्त सिपाहीहरूलाई विभिन्न युनिटहरूमा रिक्त रहेको सिपाही दर्ज्यामा नियुक्ति दिइने छ ।












तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 













