संगालोखबर
.

विराटनगर । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा १६ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेलसहित १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।

मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ ।

आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजारले बढेको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ ।

उक्त अवधिमा सात अर्ब ३४ करोड ११ लाख मूल्य पर्ने ८४ हजार तीन सय किलोलिटर पेट्रोल, पाँच अर्ब ५३ करोड ९६ लाख मूल्य पर्ने ५९ हजार नौ सय ७६ किलोलिटर डिजेल आयात भएको छ ।

यस्तै दुई अर्ब ३४ करोड मूल्य पर्ने २१ हजार एक सय ६ मेट्रिक टन एलपी ग्यास, ५५ करोड ९४ लाख मूल्य पर्ने ६ हजार ६० किलोलिटर एटिएफ र १९ करोड ६९ लाख मूल्य पर्ने दुई हजार १५२ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्याङ्क छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!