
विराटनगर । संखुवासभाको मादी नगरपालिका-९ फविङस्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ । पाँचखपन नगरपालिका ९ का लोकमान लिम्बुकी १३ वर्षीया छोरी समिक्षाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बुधबार पौडी खेल्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । यस्तै चैनपुर नगरपालिका २ बा काली बहादुर राईकी १३ वर्षीया छोरी दिक्षा घाइते भएकी छन् । घाइते दिक्षाको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले समिक्षालाई मृत अवस्थामा फेला पारेको थियो भने दिक्षालाई घाइते अवस्थामा उद्धार गरेको थियो ।

संगालोखबर 













