सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा पनि विभिन्न कार्यक्रम गरेर १८ औं गणतन्त्र दिवस मनाइएको छ । दिवसको अवसरमा आज ¥याली, सभासहित विभिन्न कार्यक्रम गरिएको हो ।

Advertisement

र्‍यालीले धनकुटा बजार परिक्रमा गरेको छ । ब्यानर, प्लेकार्ड र बाजासहित बसपार्कबाट सुरु भएको र्‍याली मदनचोक, भीमनारायण चोक, बिहिबारे हटिया हुँदै टुँडिखेल पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय निरन राई, इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतले संवोधन गरेका छन् ।

सभालाई सम्बोधन गर्दै वक्ताहरूले गणतन्त्र अहिलेसम्मको सबैभन्दा उत्तम व्यवस्था भएको दावी गर्दै गणतन्त्रको विकल्प खोज्न नसकिने धारणा राखेका छन् । कार्यक्रममा राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, सर्वसाधारण लगायत सहभागि थिए ।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो । २३८ वर्षे शाहवंशीय राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएकाले हरेक वर्ष आजको दिन देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने गरिएको छ ।

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!